धादिङ ०३ बैशाख
कोरोना भाइरस(कोभिड १९) रोकथाम र नियन्त्रणका लागि अन्तराष्ट्रिय धादिङ समाजले सुरु गरेको स्वास्थ्य सामग्री वितरण कार्यक्रमका लागि श्री जयकाली जडीबुटी उद्योग कालिमाटी काठमाडौँले १ हजार ८ सय पिस ओखती साबुन सहयोग गरेको छ । उद्योगका प्रबन्ध निर्देशक शोभाकान्त बस्याल, प्रोडक्सन म्यानेजर राजिव पाण्डे र सेल्स अफिसर ऋषिराम दुवाडीले संयुक्त रुपमा उक्त ओखती साबुन अन्तराष्ट्रि धादिङ समाजका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार तामाङलाई हस्तान्तरण गरेका हुन् । अन्तराष्ट्रिय धादिङ समाजले प्राप्त गरेको उक्त ओखती साबुन धादिङ जिल्लाका १३ वटै स्थानीय तहमा वितरण गरिसकिएको संस्थाका वरिष्ठ उपाध्यक्ष तामाङले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस