धादिङ ०२ बैशाख
धादिङ जिल्लामा १ सय ८४ जनाको ¥यापिड टेस्ट (आरडीटी किट) बाट कोरोना भाइरसको परीक्षण गरिएको छ । रोजगारीको शिलशिलामा भारत दुवै, जापान, कतार लगायत अन्य मुलुकबाट नेपाल आएका नागरिकहरुको स्वास्थ्य परीक्षण अन्तर्गत आरडीटी किट मार्फत र्यापिड टेस्ट गरिएको हो । बागमती प्रदेश, स्वास्थ्य निर्देशनालयबाट धादिङ जिल्लाको लागि प्राप्त भएको ३ सय वटा र्यापिड टेस्ट किटमध्ये १० वटा स्थानीय तहले मात्र परीक्षण गराएको स्वास्थ्य कार्यालय धादिङका माहांमारी सम्पर्क व्यक्ति दिपक अच्छामीले बताउनु भयो । स्वास्थ्य कार्यालय धादिङले दिएको तथ्याङ्क अनुसार जिल्लाको १३ वटा स्थानीय तहहरुमध्ये १० वटा स्थानीय तहहरुले मात्रै र्यापिड टेस्ट गरेका छन् । जसमध्ये धुनीबेसी नगरपालिकामा ९ जना, गजुरी गाउँपालिकामा ७, गल्छी गाउँपालिकामा ३६, बेनिघाट रोराङ गाउँपालिकामा १२, नेत्रावती डबजोङ गाउँपालिकामा ३७, त्रिपुरासुन्दरी गाउपालिकामा २०, गङगाजमुना गाउँपालिकामा १४, र नीलकण्ठ नगरपालिकामा ५० जनाको परीक्षण गरेको छ भने ज्वालामुखी गाउँपालिकाको रिपोर्ट आइसकेको छैन ।
र्यापिड टेस्ट सुरु नगर्ने स्थानीय तहहरुमा सिद्धलेक, खनियाँबास, रुवीभ्याली र थाक्रे गाउँपालिका रहेका छन् । अच्छामीले हाल धादिङ जिल्लामा ६ सय वटा ¥यापिड टेस्ट (आरडीटी किट) को आवश्यकता भए पनि बागमती प्रदेशले पहिलो चरणमा सबै जिल्लाहरुमा ३ सय वटा मात्र वितरण गरेको बताउनु भयो । अन्य ३ सय वटा र्यापिड टेस्ट (आरडीटी किट) तत्काल उपलब्ध गराउन बागमती प्रदेशसँग माग गरिएको पनि अच्छामीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस