धादिङ ०२ बैशाख
धादिङको ज्वालामुखी गाउँपालिकामा गरिएको कोरोनाको र्यापिड परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मंगलबार गाउँपालिकामा भारत लगाएत विभिन्न देशहरुबाट आइ क्वारेन्टाइनमा बसेकाहरुकोमा गरिएको र्यापिड परीक्षणमा रिपोर्ट पोजेटिभ आएको ज्वालामूखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताउनु भयो । पोजेटिभ देखिएका व्यक्ति रोजगारीको शिलशिलामा दक्षिण कोरिया बसेर गत फागुन २० गते नेपाल आएका हुन् । उनी होम क्वारेन्टिनमा बसेका थिए । पोजेटिभ देखिएका व्यक्तिलाई थप परीक्षण र आइशोलेशनमा राख्नको लागि धादिङ अस्पताल ल्याउने तयारी गरिएको स्वास्थ्य संयोजक श्रेष्ठले जानाकारी दिनुभयो । र्यापिड परीक्षणमा पोजेटिभ देखिएता पनि अन्तिम ल्याब परीक्षण भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब टेस्ट गरेपछि मात्र प्राप्त हुने छ ।
प्रतिक्रिया दिनुहोस