धादिङ ०२ बैशाख
विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९)लाई धादिङ जिल्लामा नियन्त्रण र रोकथामका लागि अन्तराष्ट्रिय धादिङ समाजले जिल्लाका १३ वटै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरेको छ । स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पिपिइ, मास्क, सेनिटाइजर र साबुन लगायतका स्वास्थ्य सामग्री वितरण गरेको अन्तराष्ट्रिय धादिङ समाजका बरिष्ठ उपाध्यक्ष दिनेश तामाङले जानकारी दिनुभयो । जिल्लाका १३ वटै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने अन्तराष्ट्रिय धादिङ समाज पहिलो संस्था भएको बताउँदै वरिष्ठ उपाध्यक्ष तामाङले पहिलो चरणको कार्यक्रम अन्तरगत १ सय ७५ वटा पिपिइ, १२ हजार भन्दा बढी सर्जिकल मास्क, ४ सय लिटर सेनिटाइजर(४ हजार पिस) र १८ सय पिस साबुन वितरण गरिएको बताउनु भयो । धादिङ जिल्लामा जन्मिएर विश्वका विभिन्न मूलुकमा रोजगारिको शिलशिलामा पुगेका समाजसेवीहरुको सहयोगमा उक्त सामाग्री खरिद गरी वितरण गरिएको हो । तामाङका अनुसार हालसम्म १ सय २३ जनाबाट करिब ८ लाख भन्दा बढी नगद सहयोग रकम जुटेको छ भने धेरै व्यक्तिहरुले जिन्सी सहयोगको समेत प्रतिबद्धता गरेका छन् । कोरोना भाइरस(कोभिड १९)लाई रोकथाम र नियन्त्रण गर्नको लागि दोस्रो चरणमा विभिन्न स्थानीय तहहरुसँग सहकार्य गरेर स्वास्थ्य सामाग्री मात्र नभइ आवश्यकता अनुसार प्रचार प्रसार र खाद्यान्न सामग्री समेत सहयोग गर्ने तयारीरहेको वरिष्ठ उपाध्यक्ष दिनेश तामाङले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस