धादिङ चैत्र ३०
जिल्ला अस्पताल धादिङले २०७६ श्रावण १ गतेदेखि चैत्र ३० गतेसम्म गरिएको सेवा प्रवाहको तथ्याङ आइतबार सार्वजनिक गरेको छ । श्रावण १ गतेदेखि चैत्र ३० गतेसम्म २३ हजार ८ सय २० ओपिडि सेवा प्रदान गरेको अस्पतालका सूचना अधिकारी विक्रम बि.क.ले जानकारी दिनुभयो । यस्तै इमरजेन्सी सेवातर्फ ८ हजार ३ सय ८, अस्पतालको विस्तारिक सेवा(भ्ज्क्० १ हजार ८ सय ३७, प्रसुती सेवा ६ सय २२ रहेको छ । जसमध्ये सामान्य प्रसुती सेवा लिएका ३० जना रहेका छन् । यसैगरी कोरोना सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमा चैत्र ११ गतेदेखि ३० गतेसम्म ९ सय ३१ जना ओ.पी.डी, इमरजेन्सी ४ सय ९६, र ४५ जनाले प्रशुती सेवा लिएका छन् । प्रसुति सेवा लिनेमध्ये ८ जनाको अप्रेशन गरिएको छ । धादिङ अस्पतालले नियमित रुपमा ओपिडि, इमरजेन्सी लगायत सबै सेवा प्रदान गरिरहेको कारण अस्पतालमा विरामीहरुको संख्या बृद्धि भएको वि.क.ले बताउनु भयो । कोरोना भाईरस (कोभिड–१९)को संक्रमण रोकथामको लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि अस्पतालले नियमित सेवा प्रवाह गरेको उहाँको भनाई छ । यस्तै चैत्र १० गतेदेखि ३० गतेसम्म कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा बिरामी पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको फिभर क्लिनिकमा ३ सय ९ जनाले सेवा लिएका छन् ।
प्रतिक्रिया दिनुहोस