धादिङ चैत्र २९
कोरोना भाइरस(कोभिड १९) रोकथामका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको रोटरी क्लव अफ धादिङले शनिबार धादिङ अस्पताललाई पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिई) सहयोग गरेको छ । कोरोना भाइरस संक्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने १० थान पिपिई धादिङ अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलालाई हस्तान्तरण गरिएको रोटरी क्लव अफ धादिङका उपाध्यक्ष भिम श्रेष्ठले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा रोटरी क्लव अफ धादिङका अध्यक्ष अशोक कुमार बस्नेत, धादिङ अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला, रोटरी क्लव अफ धादिङका संस्थापक अध्यक्ष धुव्र बहादुर थापा, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लगाएतको सभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस