धादिङ चैत्र २९
त्रिपुरा सुन्दरी गाउँपालिका धादिङले कोरोना भाइरस(कोभिड १९) को र्यापिड टेस्ट सुरु गरेको छ । त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ६ गोलाङका बिरामीको शनिबार बिहान धादिङ अस्पतालमा परीक्षण गरिएको जुन धादिङ जिल्लामा पहिलो भएको त्रिपुरा सुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक याम बहादुर श्रेष्ठले बताउनु भयो । परीक्षण पश्चात रिर्पोट नेगेटिभ आएको र स्वाव परीक्षणका लागि काठमाडौँ पठाइएको छ । बागमती प्रदेश, प्रदेश स्वास्थ्य निर्देशनालयबाट धादिङ जिल्लाका लागि ३ सय आरबिटि किट पठाएपश्चात त्रिपुरा सुन्दरी गाउँपालिकाले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुमा र्यापिड टेस्ट सुरु गरिएको स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले धादिङ जिल्लामै र्यापिड टेस्ट गर्ने त्रिपुरा सुन्दरी गाउँपालिका पहिलो भएको बताउदै सङ्कास्पद बिरामीहरुलाई तत्काल परीक्षण सुरु गर्नुका साथै परीक्षणको दायरा पनि फराकिलो बनाउदै लैजाने बताउनु भयो । हाल २० वटा आरबिटि किट त्रिपुरा सुन्दरी गाउँपालिकाले प्राप्त गरेको बताउँदै श्रेष्ठले आवश्यकता अनुसार थप किटको पनि प्रदेश र केन्द्र सरकारसँग माग भैराखेको बताउनु भयो । यस्तै नेत्रावती डबजोङ गाउँपालिकामा पनि र्यापिड टेस्ट सुरु हुने भएको छ । पहिलो चरणमा भारत लगायत अन्य मुलुकबाट आएका ४० जना नागरिकहरुमा परीक्षण गरिने स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय धादिङले प्राप्त गरेको ३ सय आरबिटि किट जिल्लाका १३ वटै स्थानीय तहहरुमा वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस