कृष्ण बहादुर राना
फुलखर्क धादिङ २५ बैशाख
विश्व रेडक्रस दिवसको अवसरमा गंगाजमुना गाउँपालिका वडा नं. ५ को फुलखर्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गंगाजमुना ५ फुलखर्क उपशाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २१ जना पुरुष र ६ जना महिला समेत गरी २७ जना महानुभावहरुले रक्तदान गरेका थिए । बुधबार नै विश्व रेडक्रस दिवसको अवसर पारी नेपाल रेडक्रस सोसाइटी फुलखर्क उपशाखाको नवनिर्मित भवनको पनि उद्घाटन भएको छ । भवनको उदघाटन गंगाजमुना गाउँपालिकाका अध्यक्ष बल बहादुर अधिकारीले गर्नु भएको हो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी फुलखर्क उपशाखाको सभापति यम बहादुर बानियाँको अध्यक्षता तथा गंगाजमुना गाउँपालिकाको अध्यक्ष बल बहादुर अधिकारीको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस