धादिङ २६ चैत्र
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको सङ्क्रमणले जनजीवन कष्टपूर्ण बनिरहेको बेला जिल्ला अस्पताल धादिङले एकैदिन तीन जना गर्भवती महिलाको सल्यक्रिया गर्न सफल भएको छ । मङ्गलबार राती नीलकण्ठ नगरपालिका वडा नम्बर ८ की २२ वर्षीय मेलिना तामाङ, ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ की २८ वर्षीय बबिता सिखंडा र नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङकी १८ वर्षीय सुसना गुरुङ रहेका छन् । उनीहरुको २÷२ घन्टाको अन्तरालमा जिल्ला अस्पताल धादिङले लगातार सफल सल्यक्रिया गरेको सूचना अधिकारी बिक्रम विकले जानकारी दिनु भयो ।
अप्रेशन पश्चात आमा र नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो भएको जिल्ला अस्पताल धादिङले जनाएको छ । कोरोना भाईरसको कारण समस्यामा परेका बिरामीहरुलाई मध्यनजर गरेर जिल्लामै पहिलो पटक एकै दिन तीन जनाको अप्रेशन गरिएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । सरकारले लकडाउनको समय थप्दै जाँदा समस्यामा परेका बिरामीहरुलाई काठमाडाँै लैजान समस्या भएपछि अस्पतालका स्टाफ नर्स लगायत कर्मचारीहरु २४ सै घण्टा खटिएर प्रसुती सेवा प्रवाह गरिरहेको विकले बताउनुभयो । अप्रेशनमा डाक्टर रन्जन राठौर, मनकुमारी श्रेष्ठ, लेख बहादुर श्रेष्ठ, रेनुका भण्डारी, बिमला तिमल्सिना महरा, श्याम गोम्जा लगायतका अन्य नर्सिङ तथा स्टाफहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस