धादिङ २२ चैत्र
विश्वव्यापी महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९) को सङ्क्रमणलाई रोकथाम र नियन्त्रणका लागि अग्रस्थानमा रहने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र प्रहरीलाई लायन्स क्लबले पिपिइ र M95 मास्क वितरण गरेको छ । शनिबार लायन्स क्लब अफ 325 B 1 डिस्ट्रिकका सिनियर एडभाइजर गोविन्द कुमार श्रेष्ठ, लायन्स क्लब नीलकण्ठ धादिङका अध्यक्ष राजकुमार श्रेष्ठ, रिजोन चियर पर्सन ईश्वरी प्रसाद पाण्डे लगायतको लायन्स क्लबका सदस्यहरुले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीलाई ४ थान पिपिइ र M95 मास्क वितरण गरेको हो । यस्तै धादिङका एम्बुलेन्स चालहरुलाई २ सेट पिपिइ र M95 मास्क वितरण गरिएको हो । युवा वैज्ञानिक महाविर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको १ सय १० सेट पिपिइ र M95 मास्क लायन्स क्लब अफ 325 B 1 डिस्ट्रिकले देशैभर वितरण गरेको छ ।
लायन्स क्लब अफ 325 B 1 डिस्ट्रिकका सिनियर एडभाइजर गोविन्द कुमार श्रेष्ठका अनुसार लायन्स क्लब अफ 325 B 1 डिस्ट्रिकका गर्भनर इन्दु लम्सालले धादिङ जिल्लाको लागि पठाउनु भएको १२ सेट पिपिइ र M95 मास्क जिल्लाको गजुरी लायन्सद्धारा गजुरी प्रहरी, अस्पताललाई ३ सेट, मलेखु लायन्सद्धारा राजमार्ग सामुदायिक अस्पतलाई ३ सेट पिपिइ र M95 मास्क वितरण गरिएको हो । सिनियर एडभाइजर श्रेष्ठले कोरोना रोकथाम तथा सङ्क्रमण नियन्त्रणको अग्रपङ्तिमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकहरुलाई उक्त स्वास्थ्य सामग्री वितरण गरिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस