धादिङ २१ चैत्र
विश्वव्यापी महांमारीको रुपमा देखिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणलाई थप व्यवस्थित बनाउनका लागि धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाले महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष शम्भु कुमार थापाको अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिकाभित्रका ७ वटै वडाहरुमा दैनिक ज्याला, मजदुरी गर्ने विपन्न तथा असहाय व्यक्तिहरुलाई राहत वितरणको लागि चैत्र २३ गतेसम्म विविरण सङ्कलन गरेर गाउँपालिकाले निर्धारण गरेको दररेटमा राहत वितरण गर्ने निर्णय गरेको छ । यस्तै बजार अनुगमनका लागि गाउँपालिका अध्यक्ष शम्भु कुमार थापा संयोजक र उपाध्यक्ष देवी कुमारी ९पाण्डे० बुर्लाकोटी सहसंयोजक रहने गरी १३ सदस्यीय अनुगमन समिति समेत निर्माण गरेको छ । भारत लगायत अन्य मुलकबाट आएर होम क्वारेन्टाइन तथा पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य परीक्षण तथा अनुगमन गर्न स्वास्थ्य संयोजक याम बहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति निर्माण गर्ने निर्णय भएको छ । यस्तै महांमारी नियन्त्रणका लागि विभिन्न संघ संस्था तथा व्यक्तिले स्वास्थ्य सामग्री, खाद्यान्न र नगद सहयोग गर्न चाहेमा गाउँपालिकासँग समन्वय गरी एकद्धार प्रणालीमार्फत वितरण गर्ने समेत निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस