धादिङ १८ चैत्र
हरेक सामाजिक कार्यमा अग्रसर बन्दै आएका युवा पर्यटन व्यवसायी तथा समाजसेवी कमल सापकोटा अध्यक्ष रहेको टुकी नेपाल समाजको प्रमुख अग्रसरतामा विश्वभर महांमारीको रुपमा फैलदै गएको कोभिड १९ लाई मध्यनजर गर्दै नीलकण्ठ नगरपालिकालाई पिपिइ सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्याल र स्वास्थ्य संयोजक विष्णु रिजाललाई हात धुने साबुन एक हजार पिस, सर्जिकल माक्स ५ हजार पिस, सेनिटाईजर २ सय पिस, पिपिई २५ सेट हस्तान्तरण गरिएको हो । टुकी नेपाल समाजका महासचिव चन्द्र बहादुर लम्सालले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको मास्क, सेनिटाइजर र साबुन नीलकण्ठ नगरपालिका १० ज्यामरुङका स्थानीयहरुलाई वितरण गरिने छ ।
यस्तै टुकी नेपाल समाजले नै नीलकण्ठ नगरपालिका वडा नं. १० ज्यामरुङका नागरिकहरुलाई १ व्यक्ति १ मास्क र १ घर १ सेनिटाइजर वितरण गर्ने लक्ष्यका साथ करिब १ हजार मास्क र २ सय सेनिटाईजर वितरण गरेको छ । टुकी नेपाल समाजका कर्मचारी र स्वास्थ्यकर्मीहरुको टोलीले स्थानीय नागरिकको घर घरमा पुगेर मास्क तथा सेनिटाइजर वितरण गरिएको ज्यामरुङबाट प्रशान्त ढवन्याले जानकारी दिुनभयो ।
प्रतिक्रिया दिनुहोस