धादिङ २१ चैत्र
धादिङको ज्वालामूखी गाउँपालिका वडा नम्बर १ स्थित मैदीमा प्रहरीले अबैध काठ बरामद गरेको छ । चिरान गरेको ३७ थानको ६०.७३ क्युफिट तयारी सालको काठ गाडीमा लोड गर्दै गरेको अवस्थामा बरामद गरिएको हो । तरस्करी गरिहेको सालको काठको बिहिबार बरामद गरिएको छ । ढल्पु सामुदायिक वन उपभोक्त समितिमा काठ लोड गरिरहेको बा ४ ख १७२७ नम्बरको आइचर ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लकडाउनको अवस्थामा गाडी चलाएकाले प्रहरीले निगरानी राख्ने क्रममा काठ लोड गरिरहेको अबस्थामा प्रहरीको गस्ती टोलीले बरामद गर्न सफल भएको हो । मैदी प्रहरी चौकी र सामुदायिक वन उपभोक्त समितिका पदाधिकारीहरुको सक्रियतामा उक्त आइचर ट्रकलाई नियन्त्रणमा लिएर डिभिजन बन कार्यालय धादिङमा बुझाएको सामुदायिक वन उपभोक्त समितिको अध्यक्ष शिवनारायण श्रेष्ठ जानकारी दिनु भयो । यता डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत लोकनाथ लम्सालले भने फरार भएका आइचर चालकलाई पक्राउ गरी वन एन २०७६ अनुसार कानुनी कारबाही गर्ने बताउनु भयो । आइचर चालक ज्वालामूखी गाउँपालिका वडा नम्बर २ का भिम बहादुर गुरुङ फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस