धादिङ २० चैत्र
जिल्ला अस्पताल धादिङले कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहिबार ९ बेड क्षमताको अस्थायी आइसोलेसन कक्ष स्थापना गरेको छ । कृषि ज्ञान केन्द्र, धादिङको नयाँ भवनमा बिहिबारबाट कोरोना उपचारको अस्थायी एकीकृत आसोलेसन कक्ष सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिनु भयो । जिल्ला समन्वय समिति धादिङ, जिल्ला प्रशासन कार्याल, नीलकण्ठ नगरपालिका, जिल्ला अस्पताल, स्वस्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, संयुक्त एम्बुलेन्स चालक समाज, आयुर्वेद अस्पातल धादिङ र धादिङ स्थित सुरक्षा निकायको विशेष पहलमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको हो । आइसोलेसन कक्षका लागि बेड, स्वास्थ्यकर्मी, औषधि र उपकरणको व्यवस्थापन धादिङ अस्पतालले गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस