धादिङ २० चैत्र
कोरोना भाइरस(कोभिड–१९)लाई मध्येनजर गर्दै धादिङ उद्योग बाणिज्य संघले विहिबार जिल्ला प्रहरी कार्यालय धादिङ, शसस्त्र प्रहरी बल धादिङ र एम्बुलेन्स चालकहरुलाई माक्स र सेनिटाईजर बितरण गरेको छ । बिश्वमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि सहयोग पु¥याउने उद्देश्यले माक्स र सेनिटाइजर बितरण गरिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले बताउनु भयो । सहयोग सामाग्री हस्तान्तरण समारोहमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, कार्यालय प्रमुख रोहित भण्डारी लगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस