धादिङ २० चैत्र
जिल्ला प्रहरी कार्यालय धादिङले बिहिबार भारत लगायत अन्य मूलुकबाट नेपाल आएका ४ सय ७९ जना नागरिकहरुको सङ्ख्या सावर्जनिक गरेको छ । रोजगारीको शिलशिलामा विभिन्न मुलुकहरुमा काम गरी चैत्र महिनामा नेपाल फर्किएका नागरिकहरुको सङ्ख्या सार्वजनिक गरिएको हो । चैत्र महिनामा नेपाल आउनेमा सबैभन्दा धेरै भारतबाट ३ सय ९३ रहेका छन् । यस्तै अमेरिकाबाट १, इराकबाट १, कतारबाट १७, कुवेतबाट २, जापानबाट ७, जोर्डनबाट २, दुवैबाट ३७, पोर्चुगलबाट २, फ्रान्सबाट १, बङ्गलादेशबाट १, मकाउबाट १, मलेसियाबाट १०, रसियाबाट १, साउदी अरेबियाबाट २, साउथ अफ्रिकाबाट १ गरी कुल ४ सय ७९ जना रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसलाई मध्ये नजर गर्दै जिल्ला प्रहरी कार्यालय धादिङले भारत लगायत अन्य मुलुकबाट नेपाल आउने नागरिकहरुको खोजी कार्यलाई तीव्रता दिएको धादिङ प्रहरी प्रवक्ता रुपक खड्काले बताउनु भयो । यसै गरी जिल्ला प्रहरी कार्यालय धादिङले धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ४ फुलखर्कमा ज्यालामजदुरी गर्ने बर्दियाका २० जना मजदुरहरुलाई उद्धार गरेको छ । सरकारले लकडाउन घोषणा गरेसँगै अलपत्र परेका ती मजदुरहरुको विहिबार प्रहरीले उद्धार गरी नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित बालमन्दिर माध्यमिक विद्यालयको भवनमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस