धादिङ १९ चैत्र
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले मलेखु पुलबाट मौवाखोला पुलसम्म कोभिड १९ तथा अन्य जीवाणुहरुको नष्ट गर्ने उद्देश्यले विषादी छरेको छ । मलेखु पुलबाट मौवाखोला पुलसम्मको मुख्य सडकका दायाँबायाँ क्लोरिन नामक विषादी छरिएको हो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभीड–१९) को नियन्त्रणका लागि क्लोरिन नामक विषादी छरिएको बेनिघाट रोराङ गाउँपालिकाले जनाएको छ । सोमबार, मङ्गलबार र बुधबार तीन दिन राजमार्ग क्षेत्रमा विषादी छरिएको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराइले बताउनुभयो । भट्टराइका अनुसार क्लोरिन नामक विषादीले कोरोनाका किटाणुहरु नष्ट गर्ने नभई अन्य ब्याक्टेरिया भाइरसहरुलाई समेत नियन्त्रण गर्ने भएकाले हालको सिजनमा यो उपयोगी भएको बताउनुभयो । कोरोनाको संक्रमण बढेका बेला अन्य ब्याक्टेरियाहरुले मानिसको रोग विरुद्ध लड्ने क्षमता कम गराउनसक्ने भएकोले ब्याक्टेरिया मार्न क्लोरिन नामक विषादी छर्किएको भट्टराइको भनाइ छ
प्रतिक्रिया दिनुहोस