धादिङ १९ चैत्र
कोरोना भाइरस(कोभिड १९) को महांमारीका कारण देशै लक डाउन भएको छ । सारा उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, संघ, संस्था बन्द छ । नागरिकहरु होम क्वारेन्टाइनमा छन् । नेपालमा पनि हालसम्म ५ जना कोरोना सङ्क्रमित बिरामी फेला परेका छन् । २ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् भने ३ जनाको उपचार भइरहेको छ । डेरामा बसेका हजारौ कर्मचारी, मजदुरहरु लकडाउनको चपेटामा परेको यो विसम परिस्थितिमा सरकारले आम घरबेटीहरुलाई चैत्र महिनाको भाड मिनाह गरिदिन आग्रह समेत गरेको छ ।
यसै सन्दर्भमा धादिङका एक समाजसेवी तथा व्यवसायी सुवास बसेलले आफ्नो घरमा डेरा गरी बसेकाहरुलाई ३ महिनाको कोठा भाडा मिनाह गर्ने घोषणा गरेका छन् । मिसन होटल एण्ड रिसोर्ट तथा मिसन हार्डवयर सञ्चालन गरेका व्यवसायी बसेलले चैत्र, वैशाख र जेष्ठ महिनाको भाडा नलिने घोषणा गरेका हुन् । घर भाडा बापत मासिक ३५ हजार आउने गरेको बताउदै बसेलले आफ्नो फेसबुक वालमा लेख्दै बैंकले ब्याज छुट दिएमा आषाढ महिनाको समेत भाडा छुट दिने घोषणा गरेका हुन् । धादिङ जिल्लामा सार्वजनिक रुपमै घरभाडा छुट गरेको घोषणा गर्ने सम्भवत् उनी पहिलो घर धनी हुन् ।
प्रतिक्रिया दिनुहोस