धादिङ १७ चैत्र
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइसरलाई मध्ये नजर गर्दै धादिङका स्थानीय तहहरुले लगत सङ्कलन कार्यलाई तिब्रता दिएका छन् । हालसम्म त्रिपुराा सुन्दरी, नेत्रावती डबजोङ, बेनिघाट रोराङ, गंगाजमुना गाउँपालिका र धुनिबेसी नगरपालिकाले भारत लगायत अन्य मूलुकबाट चैत्र महिनामा आएका नागरिकहरुके लगत सङ्कलन गरी सार्वजनिक गरेका हुन् । जस अनुसार गङ्गाजमुना गाउँपालिका २८, त्रिपुरासुन्दरी गाउँपालिकामा ४८, बेनिघाट रोराङ गाउँपालिकामा ३२, धुनिबेसी नगरपालीकामा १८ र नेत्रावती डवजोङ गाउँपालिकामा ७४ जना रहेका छन् । लगत सङ्कलन पश्चात जनप्रतिनिधि र स्थानीय स्वास्थ्यकर्मीहरुको टोलीले उनीहरुको स्वास्थ्य अवस्थको बारेमा जानकारी लिदै आवश्यकता अनुसार होम क्वारेन्टाइन वाा पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्न अनुरोध गर्दै आएका छ । यता गृह मन्त्रालयले भारत लगाायत अन्य मूलुकबाट चैत्र महिनामा नेपाल आएकाहरुलाई अनिवार्य स्वास्थ्य परीक्षण गर्न र १४ दिनसम्म क्वारेन्टाइनमा बस्न निर्देशन गरेको छ । निर्देशनलाई कसैले उलङ्घन गरेमा कानुन अनुसार कडा कारबाही गरिने समेत चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस