धादिङ १७ चैत्र
संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङले धादिङका एम्बुलेन्स चालकहरुलाई ९० थान पीपीई वितरण गरेको छ । संयुक्त एम्बुलेन्स चालक समाज नेपाल र धादिङ सोसियल भोलेन्टिएरको रु १ लाख ५० हजारको लगानीमा जिल्ला भरका एम्बुलेन्स चालक तथा भोलेन्टिएरहरुलाई कोरोना सङ्क्रमणबाट सुरक्षित रहनका लागि उक्त सामग्री वितरण गरिएको संयुक्त एम्बुलेन्स चालक समााज नेपाल धादिङका अध्यक्ष भेषराज ठकुरीले बताउनु भयो । प्रत्यक्ष रुपमा बिरामी ओसाार पसार गर्ने एम्बुलेन्स चालकहरु सङ्क्रमणको उच्च जोखिममा रहने भएकाले चालकहरुको व्यक्तिगत सुरक्षाको लागि पिपिइ वितरण गरिएको ठकुरीको भनाइ छ । पिपिइ वितरण गर्दै ठकुरीले सरकारी तथा अन्य कुनै तबरबाट एम्बुलेन्स चालकहरुको व्यक्तिगत सुरक्षाको सबालमा कुनै सुनुवााइ नभएकाले संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङको अगुवाइमा पिपिइ वितरण गरिएको बताउनुभयो । धादिङ जिल्लामा ६८ वटा एम्बुलेन्स भएता पनि हाल सञ्चालनमा रहेका ५६ वटाका चालकहरुलाई उक्त सामग्री वितरण गर्ने ठकुरीले बताउनु भयो । गाउँ गाउँमा रहेका एम्बुलेन्स चालकहरुलाई आफै गाउँमा गई पिपिई वितरण गरी सुरक्षित कसरी रहने भन्ने विषयवस्तुहरुको बारेमा जानकारी गराउने ठकुरीको भनाई छ । यता विभिन्न संघ संस्थााले व्यक्तिगत सुरक्षाका साामग्री आफ्नो ढङ्गले वितरण गर्दा त्यसको गुणस्तर सुरक्षा त्यसले किटाणु सङ्क्रमणलाई रोक्छ कि रोक्दैन भन्ने कुरामा आशङ्का उब्जिएको जानकारहरु बताउछन् ।
प्रतिक्रिया दिनुहोस