धादिङ १५ चैत्र
धादिङ चेम्बर अफ कमर्स धादिङले शनिबार माक्स र स्यानिटाइजर वितरण गरेको छ । जिल्लास्थित नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, जिल्ला कारागार, राजमार्ग क्षेत्रका विभिन्न प्रहरी चेक पोष्ट, जिल्लाभित्र सञ्चालित विभिन्न सञ्चार माध्यम गरी २५ वटा संस्थामा माक्स र सेनेटाइजर वितरण गरिएको हो । निरन्तर नागरिकको सुरक्षामा खटिने प्रहरी र सुरक्षाकर्मी, हरपल खबरहरु सङ्कलन गर्ने पत्रकारहरुको मनोबललाई उच्च बनाउने तथा कोरोना सङ्क्रमणबाट जोगिनको लागि सहयोग पु¥याउने उद्देश्यले माक्स तथा सेनिटाइजर वितरण गरिएको धादिङ चेम्बर अफ कमर्स धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले बताउनु भयो । २ हजार भन्दा बढी माक्स र १ सय २० वटा भन्दा बढी सेनिटाइजर वितरण गरेको बताउदै धादिङ चेम्बर अफ कमर्सका महासचिव अशोक कुमार बस्नेतले यो पहिलो चरणको कार्यक्रम भएको बताउदै जिल्लाभित्रका सबै प्रहरी चौकी र आवश्यता अनुसार अन्य संघसंस्थालाई पनि माक्स तथा सेनिटाइजर वितरण गरिने बताउनु भयो ।
माक्स तथा सेनिटाइजर वितरण कार्यक्रममा धादिङ चेम्बर अफ कमर्स धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठ, महासचिव अशोक कुमार बस्नेत, उपाध्यक्ष श्रवण त्रिपाठी, कोषाध्यक्ष विनोद भण्डारी, कार्यसमिति सदस्य राजकुमार श्रेष्ठ, ठाकुर अधिकारी लगायतको सहभागिता रहेको थियो । माक्स तथा सेनिटाइजर वितरण गर्दै अध्यक्ष श्रेष्ठले कोरोना भाइरससँग लड्न प्रत्यक्ष अग्र मोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुको जीवन बिमा राज्यले गरिदिन आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस