धादिङ १५ चैत्र
धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड १९) लाई मध्यनजर गर्दै शनिबार सम्ममा ४४ स्थानमा ६ सय ३३ व्यक्तिहरुलाई राख्न सकिने क्षमताको क्वारेन्टाइन निर्माण भएको छ । २ नगरपालिका र ११ वटा गाउँपालिका गरी १३ स्थानीय तह रहेको धादिङ जिल्लामा सबै भन्दा बढी क्वारेन्टाइन निर्माण गर्नेमा थाक्रे गाउँपालिका रहेको छ । पालिकागत रुपमा हेर्दा थाक्रे गाउँपालिकामा १९ बेड क्षमताको आइसोलेशन वार्र्ड, २१० बेड क्षेमताको क्वारेन्टाइन, बेनिघाट रोराङ गाउँपालिकामा ३ बेड क्षमताको आइसोलेशन वार्ड र ३२ बेड क्षेमताको क्वारेन्टाइन, धुनिबेसी नगरपालिकामा ५२ बेड क्षमताको क्वारेन्टाइन, गल्छी गाउँपालिकामा ५० बेड क्षमताको क्वारेन्टाइन, गजुरी गाउँपालिकामा २७ बेड क्षमताको क्वारेन्टाइन, शिद्धालेक गाउँपालिकामा १० बेड क्षमताको, ज्वालामूखीमा १८ बेड क्षमताको, रुवीभ्यालीमा २४ बेड क्षमताको, खनियाबास गाउँपालिकामा ६० बेड क्षमताका, त्रिपुरा सुन्दरी गाउँपालिकामा २० बेड क्षमताको क्वारेन्टाइन र ५ बेड क्षमताको आइसोलेशन वार्ड, नेत्रावती डबजोङ गाउँपालिकामा १० बेड क्षमताको क्वारेन्टाइन, गङ्गा जमुना गाउँपालिकामा ५० बेड क्षमताको क्वारेन्टाइन र नीलकण्ठ नगरपालिकामा ७० बेड क्षमताको क्वारेन्टाइन र ५ बेड क्षमताको आइसोलेसन वार्ड निर्माण गरिएको छ । यस्तै शनिबारसम्ममा जिल्लाभर क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४६ जना रहेको छ । जसअनुसार नीलकण्ठ नगरपालिकाले तयार पारेको क्वारेन्टाइनमा १८, गल्छी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा १८ र नेत्रावती डबजोङ गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा १० जना सङ्कास्पद व्यक्तिहरु राखिएको छ । कोभिड १९ को सङ्क्रमणलाई रोकथाम र नियन्त्रणका लागि स्थानीय तहहरुले प्रचार प्रशार, जनचेतनामूलक कार्यक्रम तथा भारत लगायत वैदेशिक रोजगारबाट फर्कने नागरिकहरुको लगत सङ्कलन गर्नेजस्ता कार्यहरुलाई तिब्रता दिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस