धादिङ १४ चैत्र
सरकारले स्थापना गरेको कोरोना उपचार तथा राहत कोषमा धादिङबाट निर्वाचित २ संघीय सांसद र ४ प्रदेश सांसदले एक महिनाको तलब कोरोना कोषमा दिने घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसलाई मध्ये नजर गर्दै धादिङबाट निर्वाचित संघीय सांसद खेम प्रसाद लोहनी, भुमि त्रिपाठी र प्रदेश सांसदहरु शालिकराम जम्कट्टेल, राजेन्द्र प्रसाद पाण्डे, जगत सिखंडा र डा.रामकुमार अधिकारीले आफ्नो एक महिनाकोे पारिश्रमिक कोरोना राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो । नेपाल सरकार तथा मन्त्रिपरिषदकोे बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कोष राहत कोष स्थापना गर्ने निर्णय गर्दै कोषमा सहयोग गर्न सबैमा आग्रह गरे पश्चात धादिङबाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदहरुले उक्त कोषमा एक महिनाको तलब राख्ने घोषणा गरेका हुन् । कोरोना उपचार तथा राहत कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक–एक महिनाको तलब दिने निर्णय यस अघि नै गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस