प्रेम बहादुर तामाङ
धादिङ १३ चैत्र
खनियाबास गाउँपालिका वडा नं. २ झार्लाङमा कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टाइन स्थापना गरिएको छ । झार्लाङ सामुदायिक भवनको ५ वटा कोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको हो । क्वारेन्टाइन निर्माणका लागि तातोपानी युवा क्लब, नेपाल रेडक्रस सोसाइटी झार्लाङ उपशाखा, झार्लाङ स्वास्थ्य चौकी र वडा नं. २ ले समन्वय गरेका थिए । सोही संघ संस्थाहरुको समन्वयमा कोरोना भाइरस रोकथामका लागि झार्लाङका विभिन्न टोल वस्तीहरुमा जनचेतनामूलका कार्यक्रमहरु, पोस्टर वितरण र माइकिङ समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस