धादिङ १२ चैत्र
नेपालमा तेस्रो व्यक्तिको रुपमा धादिङका एक युवामा कोरोना सङ्क्रमण भएको पुष्टी भएको छ । रोजगारीको शिलशिलामा दुबै गएका उनी यही चैत्र ६ गते नेपाल फर्केका थिए । दुबैबाट फर्केपछि काठमाडौँको होटेलमा बसेका उनमा ज्वरो आउने र लगातार खोकी लाग्ने भएपछि परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए ।
चैत्र १० गते परीक्षण गराएका ती युवक परीक्षणपश्चात पुनः होटल नै फर्किएका थिए । ७ दिनको अबधिमा उनको सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई पनि सङ्क्रमण फैलिएको हुनसक्ने आशंका डाक्टरहरुले गरेका छन् । नेपाल आएपश्चात उनी केही बिबाह पार्टी तथा समारोहमा पनि सहभागी भएको जानकारीमा आएकाले अन्य व्यक्तिहरुको पनि पहिचान गर्न लागिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस