धादिङ ११ चैत्र
जिल्ला अस्पताल धादिङमा भारतबाट आएका ११ जनाको मंगलबार स्वास्थ्य परीक्षण गरिएको छ । सोमबार भारतबाट आएका नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्ले सुनौलाबजारका ११ जनाको स्वास्थ्य परीक्षण गरिएको हो । कोरोना भाइरस कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै भारततबाट आएका ती व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पताल धादिङले जानकारी दिएको छ । स्वास्थ्य परीक्षण पश्चात उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिनु भयो । नीलकण्ठ नगरपालिका धादिङले कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गरी रोकथाम तथा सम्भावित महामारी विरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको आवश्यक सम्पूर्ण तयारी गरेको छ । यस्तै स्वास्थ्य परीक्षण पश्चात ११ जनालाई नै क्वारेन्टाइनमा राख्ने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस