धादिङ ११ चैत्र
धादिङबेसीमा विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९)को सङ्क्रमणलाई मध्यनजर गर्दै क्वारेन्टाइन निर्माण गरिएको छ । जिल्ला वन कार्यालय धादिङको नवनिर्मित भवनलाई क्वारेन्टाइनको रुपमा स्थापना गरेको नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो । करिब ३५ जना बिरामीहरुलाई राख्न सक्ने क्षमता भएको क्वारेन्टाइनका लागि लता कपडा र बेड निर्माण नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले सहयोग गरेको छ भने खानपान र अन्य व्यवस्थापन नीलकण्ठ नगरपालिकाले गर्ने प्रमुख रिजालले बताउनु भयो । यस्तै आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन स्वास्थ्य कार्यालय धादिङ र जिल्ला अस्पतालको समन्वयमा गरिने तयारी भएको समेत रिजालले बताउनु भयो ।
सङ्क्रमितको चापलाई मध्यनजर गर्दै आवश्यक परेमा एकल महिला सञ्जाल धादिङको भवन, नीलकण्ठ माध्यमिक विद्यालय, बाल मन्दिर माध्यमिक विद्यालयका साथै आवश्यकता अनुसार होटलहरुलाई समेत क्वारेन्टाइनको रुपमा विकास गरिने योजना रहेको प्रमुख रिजालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस