धादिङ ११ चैत्र
विश्वभर नै महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९) लाई नियन्त्रण, रोकथाम र सचेतनाका लागि त्रिपुरा सुन्दरी गाउँपालिका धादिङले विशेष सतर्कताका साथ विभिन्न रोकथाम र न्यूनीकरणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । त्रिपुरा सुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनीले विशेष कार्ययोजना नै निर्माण गरी तिब्र रुपमा निरन्तर सचेतना, प्रचार प्रशार लगायतका कार्यहरु गर्दै आएको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत इटनीका अनुसार त्रिपुराप सुन्दरी गाउँ पालिकाले कोरोना भाइरस(कोभिड १९)लाई रोकथाम र नियन्त्रणका लागि निम्न कार्यहरु सञ्चालन गरेको छ ।
१. पालिकास्तर र वडास्तरमा समन्वय समिति गठन र परिचालन,
२. विदेशबाट गाउँ आएकाको तथ्याङ्क संकलन वडाबाट गरिने र निगरानी वढाईने,
३. आवश्यक रकम विपद् कोषबाट खर्च गरिने,
४. सबै वडामा माइकमार्फत सूचना प्रवाह , फ्लेक्स वोर्ड टाँस, पम्पलेट वितरण,
५. ठाउँअनुसार सावुन पानीले हात धुने व्यवस्था,
६. स्वास्थ्यका कर्मचारीलाई पिपिई वितरण,
७. प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा isolation र qurantine को व्यवस्था,
८. सबै संघसंस्था तथा जनसमुदायलाई सहयोगका लागि अपिल,
९. २ वटा एम्वुलेन्स तयारी अवस्थामा,
१०. पालिकाको सवारी साधन परिचालन,
११. कर्मचारीलाई तयारी अवस्थामा राखिएको,
१२. दैनिक समीक्षा र रिपोटिङ,
१३. पुरै गाउँपालिका लकडाउन,
१४. जनप्रतिनिधि,कर्मचारी र सुरक्षाकर्मीबाट अनुगमन,
१५. रेडियो बिहानी र रेडियो धादिङबाट सुचना प्रवाह,
१६. सभा सम्मेलन, विवाह भोज भतेर गर्न(मठ मन्दिरमा सनातन पूजा वाहेक) भिड गर्न रोक,
१७. सीमा नाका आरुघाट, ह्यापिङगे पुल र लपाङफेदीमा हेल्प हेल्थ डेक्सको व्यवस्था जस्ता महत्त्वपूर्ण कार्यहरु अगाडि बढाएको छ ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत इटनीले हाल बजारमा स्वास्थ्यका सामग्रीहरुको चरम अभाव भएकाले हेल्थ डेस्क र आइसोलेसन वार्डमा खटिने स्वास्थ्यकर्मीहरुलाई माक्स र अन्य सामग्रीहरुको अभाव देखिएको बताउदै सामान उपलब्ध गराउन पालिकाले निरन्तर प्रयास गरिरहेको समेत जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस