गोरखा १० चैत्र
विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९)लाई मध्यनजर गर्दै आरुघाट गाउँपालिका गोरखाले गाउँ पालिका प्रवेश गर्ने मुख्य प्रवेशद्धारहरुमा ३ स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । गाउँपालिका प्रवेश गर्ने मुख्य ३ प्रवेशद्धारहरु धादिङबाट आरुघाट प्रवेश गर्ने मोटरेबल पुल, आर्खेत र पुरानो साघुँ(झोलुङ्गे पुल)मा हेल्थ डेस्क स्थापना गरी गाउँ पालिका प्रवेश गर्ने नागरिकहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको आरुघाट गाउँपालिकाका स्वास्थ्य संयोजक विजय कुमार श्रेष्ठले बताउनु भयो । यस्तै गाउँपालिका भित्रका सार्वजनिक स्थान र मानिसहरुको चहलपहल हुने स्थानहरुमा साबुन पानीले हात धुने कार्यलाई तत्काल व्यवस्थापन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालले जानकारी दिनुभयो । सोमबार जिल्ला बाहिर तथा जिल्लाका विभिन्न स्थानबाट गाउँपालिका प्रवेश गर्ने करिब ६ सय नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस