धादिङ १० चैत्र
नेपाल प्रेस युनियन धादिङले जिल्लाका क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना भाइरस(कोभिड १९)को जोखिम बढ्दै गएकाले सुरक्षित रुपमा समाचार सङ्कलनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले जिल्लाका करिब ३० जना क्रियाशील पत्रकारहरुलाई सोमबार एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीको अध्यक्षतामा आयोजना गरिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा विभिन्न राष्ट्रिय सञ्चार गृहका जिल्ला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पत्रकारहरुलाईसमाचार सङ्कलनमा स्वास्थ्य सुरक्षा अपनाउनका लागि एप्रोन, ग्लोब्स, माक्स, चस्मा, स्यानेटाइजर, टोपी लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस