धादिङ २५ बैशाख
पार्टीभित्रै जागरण ल्याउन खोजिएको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले बताउनु भएको छ । एउटा निर्वाचनले कसैको भविष्य निर्धारण गर्न नसकिने बताउदै नेता पौडेलले यो विधि र प्रकृयालाई आत्मसात गर्नुपर्ने बताउनु भयो । हिमाल पहाड तराई मधेश नेपाली काङ्ग्रेस भन्ने मूल नाराका साथ नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति धादिङले बुधबार आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति धादिङले आयोजना गरेको जागरण अभियानको सभापतित्व जिल्ला सभापति रमेश धमला र पार्टी केन्द्रिय सदस्य पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । व्याज, खादा र मालालाई बहिस्कार गर्दै लामो भाषण नराखि महिला प्रतिनिधि, कार्यक्रमको सभापति र प्रमुख अतिथिले मात्र धारणा राख्ने केन्द्रिय कार्यालयको परिपत्र अनुसार कार्यक्रम सञ्चालन गरेको काङ्ग्रेस धादिङले जिल्लाका १ सय ४ वटै वडामा पुगी जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
जिल्लाका १ सय ४ वटै वडामा संयोजकहरु तोक्ने, ४ तहमा अभियान सञ्चालन गरिने , सल्यानटार र गजुरीमा क्षेत्रीय आमसभा गरिने तथा जेष्ठ २४ गते जिल्ला स्तरीय आमसभाको आयोजना गरिने काङ्ग्रेस धादिङका सभापति रमेश धमलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस