धादिङ १० चैत्र
धादिङका उद्योगी व्यापारीहरुले चैत्र १० देखि १४ गतेसम्म धादिङ जिल्लामा सञ्चालित स्वास्थ्य क्षेत्रका बाहेक उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय, संघ संस्थाका कार्यालय, यातायात व्यवसाय बन्द गर्ने घोषणा गरेका छन् । सोमबार धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा बसेको जिल्लाका विभिन्न संघ संस्था तथा व्यापारीहरुको बैठकले सो निर्णय गरेको हो । विश्वभर फैलदै गएको कोरोना भाइरस(कोभिड १९)लाई मध्यनजर गर्दै पहिलो चरणमा चैत्र १० देखि १४ गतेसम्म बन्द गर्ने निर्णय भएको हो । बैठकले अत्यावश्यक काम वाहेक घर वाहिर ननिस्कन समेत आम समुदायलाई अनुरोध गरेको छ । वैठकमा धादिङ उद्योग वाणिज्य संघ, धादिङ चेम्वर अफ कमर्स, गैह्र सरकारी महासंघ, यातायात व्यवसायीहरु, होटल संघ लगायत जिल्लाका विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यस्तै बैठकले निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्नका लागि धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीको संयोजकत्वमा समन्वय तथा अनुगमन समिति समेत निर्माण गरेको छ । ११ सदस्यीय उक्त समितिमा धादिङ चेम्बर अफ कमर्सका अध्यक्ष गोविन्द कुमार श्रेष्ठ, विनोद कुमार श्रेष्ठ, ठाकुर बुर्लाकोटी लगायत रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस