काठमाडौँ १० चैत्र
नेपालमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित एक जना बिरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै स्वाथ्य मन्त्री भानुभक्त ढकालले चैत्र ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको पुष्टी भएको जानकारी दिएका छन् । उनको टेकुस्थित शुक्रराज तथा सरुवा रोग अस्पताल उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस