गोरखा ०९ चैत्र
आरुघाट गाउँपालिका गोरखाले कोरोना नियन्त्रण र रोकथाम सम्बन्धी आफ्नो गाउँपालिकाले गरेको पहल र प्रयासबारे गलत र पूर्वाग्रही ढङ्गले समाचार सम्प्रेषण गरेकोप्रति गम्भीर आपत्ती प्रकट गरेको छ । गोरखाबाट प्रकाशित हुने सुरुवात नामक एक दैनिक पत्रिकाले चैत्र ९ गतेको अङ्कमा कोरोनाको पूर्व साबधानी ः आरुघाट गाउँपालिकाको हेलचेक्र्याई भन्ने शीर्षक राखी समाचार प्रकाशन गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालद्धारा जारी विज्ञप्तीमा “मिति २०७६ साल चैत्र २ गते गाउँपालिकाले निर्णय गरेर सर्बसाधारण जनतामा पर्न सक्ने नकारात्मक असरलाई प्रतिकार्य र सम्बोधन गर्न विभिन्न सचेतना कार्यक्रम, पोस्टर पम्प्लेट वितरण, रेडियो मार्फत अडियो सन्देश प्रशारण, एस.ई.ई परीक्षामा सहभागी विद्यार्थी तथा निरिक्षकहरुलार्य सर्जिकल माक्स वितरण, बजार अनुगमन, हेल्थ डेस्क स्थापना जस्ता कार्यक्रमहरुमार्फत नकारात्मक त्रासलाई न्युनीकरण गर्न हर तरहको प्रयास गरिरहेको सन्दर्भमा उक्त पत्रिकाले भ्रामक र आतङ्कि बनाइ गाउँपालिकालाई नै बदनाम गराउने तथ्यहीन समाचार सम्प्रेषण गरेकोप्रति गाउँपालिका घोर भत्सना गर्दछ र उक्त भ्रमपूर्ण र तथ्यहीन सन्देश प्रशारण गर्ने पत्रकारलाई आवश्यक कानुनी कारबाहीको लागि समेत जोडदार माग गर्दछ” भनिएको छ । गाउँपालिकाका नागरिकको स्वास्थ्य र सुरक्षामा गाउँपालिका सदैब प्रतिबद्ध रहदै आएको र गाउँपालिकाको स्रोत साधनले भ्याएसम्म निरन्तर नागरिकको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता समेत विज्ञप्तीमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस