धादिङ ०७ चैत्र
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य कार्यालय धादिङले शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको माया छात्राबासमा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विश्व मुख स्वास्थ्य दिवसका अवसरमा आयोजित अभिमूखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले आफ्नो मुख तथा दाँत कसरी सफा राख्ने, दाँत सही तरिकाले कसरी माझ्ने भनी जानकारी गराउनु भएको थियो । यस्तै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट बालबालिकाहरु त्रसित नहुन र सरसफाइ तथा खानपानमा विशेष सजगता अपनाउन पनि आग्रह गरिएको थियो । सोही अवसरमा छात्राबासमा रहेका २० जना बालबालिकाहरुलाई साबुन, ब्रस र मज्जन वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस