धादिङ ०७ चैत्र
धादिङको सिद्धलेक गाउँपालिका २ स्थित एैसेलुगैरामा बुधबार र शुक्रबार गरी ३ जनाको रहस्यमय मृत्यु भएको छ । घरमा सुतिरहेको अबस्थामा बुधबार राती २ जना र शुक्रबार बिहान एक जना महिलाको शव घरमै फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनु भयो । बुधबार राती मृत्यु हुनेहरुमा धादिङको सिद्धलेक गाउँपालिका २ स्थित एैसेलुगैराका एैसेलुगैराका ७२ वर्षीय लालबहादुर नेपाली र उनकी भान्जी बुहारी नाता पर्ने ३५ वर्षीय सुन्तली नेपाली रहेकका छन् भने शुक्रबार बिहान सोही स्थानकी ६३ वर्षीय यम कुमारी अर्याल रहेका छन् । स्थानी बासिन्दाहरुको भनाई अनुसार अर्याल बिहिबार राती खाना खाई सुतेको भए पनि शुक्रबार मृत अबस्थामा फेला पर्दा शंकास्पद रहेको उनीहरुको भनाई रहेको छ । मृतक अर्याल दम र प्रेसरको बिरामी भएकाले नियमित रुपमा औषधि खाइरहेको भएता पनि एक महिना अघि देखि औषधि खान छाडेकाले मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यस्तै बुधबार राती मृत्यु भएका २ जनाको भने घरेलु मदिरा सेवनको कारण ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । १ महिनाअघि गाउँमा बिहे भएको र सोही बिहेमा खपत भएर बाँकी रहेको रक्सी बुधबार साँझ दुवैजनाले बोतलमा हालेर लगेका थिए । रक्सी खाएर सुतेका दुवैजनाको फरक फरक घरमा बुधबार राती मृत्यु भएको थियो । मृत्यु भएका ३ जनाकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङमा ल्याइएको छ
प्रतिक्रिया दिनुहोस