धादिङ ०६ चैत्र
विश्वब्यापी रुपमा फैलदै गएको कोरोना भाइरस कोभिड १९ लाई मध्यनजर गर्दै नीलकण्ठ नगरपालिका धादिङले नगरपालिकाभित्रका बजार तथा पसलहरुमा बढ्दै गएको कालो बजारी नियन्त्रणका लागि अनुगमन गर्ने भएको छ । बिहिबार नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उक्त निर्णय गरेको हो । उप प्रमुख भण्डारी, प्रहरी प्रमुख रविन्द्र रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी रुद्र मल्ल, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्याल, उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष, नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजाल, धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राज कुमार श्रेष्ठ लगायतको उपस्थितिमा बसेको बैठकले नियमित रुपमा बजार अनुगमन गर्ने, कालोबजारी गरेको पाइएमो कानुनी कारबाहीको प्रकृयामा ल्याउने र बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने र उपभोक्ताको गुनासो सुन्नका लागि नगरपालिकामा गुनासो सुनुवाइ इकाइको व्यवस्था गर्ने लगायतका निर्णयहरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस