धादिङ ३० फागुन
विश्वमै महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) बाट हुन सक्ने सङ्क्रमणलाई मध्यनजर राखेर धादिङबेसी पुछार बजारमा हेल्प डेस्कको स्थापना गरिएको छ । नीलकण्ठ नगरपालिका धादिङ, स्वास्थ्य कार्यालय धादिङ, जिल्ला अस्पताल धादिङ, जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बल धादिङको समन्वयमा हेल्प डेस्क स्थापना गरिएको नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिनुभयो । कोरोना भाईरस(कोभिड–१९)को बारेमा जानकारी दिने र सर्तकता अपनाउने उद्देश्यले धादिङ जिल्लामा पहिलो पटक हेल्प डेस्कको स्थापना भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले बताउनुभयो ।
धादिङबेसीबाट राजधानीतर्फ बाहिरिने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधनका यात्रुहरुलाई कोरोना भाईरसबाट कसरी बच्ने ? रोगका लक्षणका साथै यात्रु तथा नागरिकहरुलाई माक्स लगाउन आग्रह गरिने र कोही सङ्कास्पद बिरामी फेला परेमा पहिचान गरी उपचारको लागि नजिकैको अस्पतालसम्म लैजान सहयोग पु¥याउने उद्देश्यका साथ एक जना नर्सको व्यवस्था समेत गरिएको छ । यस्तै प्रत्येक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई सुचना सामाग्री वितरण गर्ने र अपनाउनुपर्ने साबधानीको विषयमा जानकारी समेत दिइने छ ।
प्रतिक्रिया दिनुहोस