धादिङ २८ फागुन
धादिङको गजुरीमा बेहुली लिन आएको करिब ३ सय जन्ती आधीबाटोबाटै फर्किएका छन् । गजुरी गाउँ पालिका वडा नं. ६ मिलनटार निवासी ध्रुव सुवेदीकी छोरी सपना सुवेदीको बिबाह गर्ने उमेर नपुगेको भन्ने उजुरी इलाका प्रहरी कार्यालय गजु्रीमा परेपश्चात तत्काल इलाका प्रहरी कार्यालय गजुरीको टोलीले जन्तीलाई फर्काएको हो । गल्छी गाउँ पालिका वडा नं. ६ स्थित बाहुन पलाङका कृष्ण अधिकारीको २९ वर्षीय छोरा कविराजसँग १९ वर्षीय सपना सुवेदीको बिबाहको कार्यक्रम रहेको थियो । स्थानीय आमा समूहहरुले माइती पक्षलाई बारम्बार मौखिक रुपमा केटीको उमेर नपगी बिबाह नर्गन आग्रह गर्दा समेत माइती पक्षले अटेर गर्दै आएका थिए । बिबाहका लागि नेपालको कानुन अनुसार केटा २२ र केटीको उमेर २० वषर््ा पुरा हुनुपर्ने भएता पनि केटी कम उमेरको भएकाले बाल बिबाहको मुद्धा लाग्नसक्ने भन्दै प्रहरीले बिबाह रोकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख खगेन्द्र बहादुर खड्काले बताउनु भयो । धादिङ जिल्लामै यस्तो प्रकृतिको घटना पहिलो रहेको अनुमान गरिएको छ । २ वटा बस र अन्य साना ठुला गाडीमा ३ सय जन्ती लिएर बेहुलापक्ष बेहुली लिन आएका थिए । यता बेहुलीको घरमा पनि मण्डप, भोजका लागि आवश्यक खानपान सबै पूर्ण तयारी गरिएको थियो ।
फोटो:गुगलबाट साभार गरिएको
प्रतिक्रिया दिनुहोस