धादिङ २७ फागुन
जिल्ला प्रहरी कार्यालय धादिङले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका वडा नम्बर ४ सुविटारका १९ बर्षीय राजेश बास्कोटा र नीलकण्ठ नगरपालिकका वडा नम्बर १४ लाकुरीडाँडाका ६० बर्षीय लुरे बहादुर नेपाली रहेका छन् । फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत बास्कोटा र नेपालीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गर्न सफल भएको हो । बास्कोटाले मिति २०७६ फागुन २३ गते सिद्धालेक गाउँपालिका वडा नम्बर ४ का गोपाल दमाईलाई ढुङगाले टाउको तथा अनुहारमा प्रहार गरी फरार भएका थिए । फरार भएका बास्कोटालाई बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सितलबजारबाट स्थानीय बासिन्दा र ईलाका प्रहरी कार्यालय बेनिघाटबाट खटिएको एक टोलीले पक्राउ गरेको हो ।
यस्तै नेपालीले मिति २०७६ फागुन २३ गते आफ्नै श्रीमती ४२ बर्षीय कान्छी माया परियारलाई घरको आँगनमा बसिरहेको अबस्थामा फलामको ढुङग्रो प्रहार गरी फरार भएका थिए । फरार नेपालीलाई जिल्ला प्रहरी कार्यालय धादिङका एक टोलीले पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस