धादिङ २३ फागुन
पर्यटन क्षेत्रको विकाससँगै भैरवी मन्दिरलाई पनि संरक्षण गर्न अति आवश्यक रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेंलले बताउनु भएको छ । धादिङ जिल्लाको एकमात्र चर्चित भैरवी मन्दिरको संरक्षण गरेमात्रै सिङगो धादिङ जिल्लाको विकास हुने उपाध्यक्ष कडेलले बताउनु भयो । भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समिति धादिङले शुक्रबार नीलकण्ठ नगरपालिका वडा नं. ६ मा आयोजना गरेको भैरवी मन्दिर सिलान्यास समारोहमा उपाध्यक्ष कडेलले सो कुरा बताउनु भएको हो । भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिले श्रीमद भागवत सप्ताहबाट उठेको रु २ करोड ५ लाख रकम लगाानी गरेता पनि रु ११ करोड ९४ लाखको डिपिआर तयार पश्चात मन्दिर निर्माण कार्य अगाडि बढाईको भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समिति धादिङका अध्यक्ष धुर्व श्रेष्ठले बताउनुभयो ।
परम्परागत ढाँचामा भैरव र भैरवी गरी ६ वटा मन्दिर निर्माण गर्ने, ५ वटा गेट वनभोज स्थल र वरपर सिँढी निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको हो । भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समिति धादिङका अध्यक्ष धुर्व श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्व सांसद गुरु प्रसाद बुर्लाकोटी, प्रदेश सांसद डाक्टर रामकुमार अधिकारी, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम प्रसाद ढुङगना, नेकपा बागमती प्रदेशका सदस्य राम बहादुर भण्डारी लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस