विद्यार्थीलाई नियमित पठन पाठनले मात्र उनीहरुको सर्वाङ्गिण विकास गराउन सकिदैन भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै धादिङ बोर्डिङ माध्यमिक विद्यालयले यस वर्ष फरक तरिकाले धादिङमै पहिलो चोटी Swimming Class को आयोजना गरेको छ । हरेक वर्षका SEE परीक्षा र कक्षा ८ को वार्षिक परीक्षामा जिल्लामै अब्बल रहदै आएको धादिङ बोर्डिङ माध्यमिक विद्यालयले यस वर्षबाट धादिङ क्रिक रिसोर्टसगँको सहकार्यमा हरेक हप्ताको मङ्लगबार कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरुलाई छात्र र छात्राको दुई फरक टिम बनाइ Swimming Class सञ्चालन गरेको हो ।
मङ्गलबार पहिलो दिन ३ समूहमा विभाजन गरी प्रधानाध्यापक हरि लम्सालको नेतृत्वमा करिब १५० जना छात्रहरुको Swimming Class मा सहभागित रहेको सेकेन्डरी लेभल इन्चार्ज अपिल कोइरालाले बताउनु भयो ।
हरेक दिन कक्षाकोठामा रहेर पढिरहेका विद्यार्थीहरु विद्यालय बाहिर व्यवस्थित Swimming Pool मा गएर पौडी खेल्न पाउँदा अचम्मित र अत्यन्तै खुसी भएका विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सैलेश अधिकारी बताउनु हुन्छ । विद्यार्थीहरु Swimming Poo मा गएर पौडी मात्र खेल्दैन्न । पौडी खेल्ने तरिका, शारीरिक व्यायाम आदि विषयहरुमा पनि प्रशिक्षित हुने प्रधानाध्यापक लम्साल बताउनु हुन्छ ।
विद्यालयले पौडी कक्षा मात्र नभएर नियमित रुपमा नृत्य कक्षा, सङ्गीत कक्षा, भाषा कक्षा, गायन कक्षा, भाषण कक्षा, विज्ञान र प्रविधि कक्षा, हस्तकलासँग सम्बन्धित कक्षाहरु सञ्चालन गर्दै आएको र हरेक हप्ताको मङ्गलबार विद्यार्थीहरु किताब बोकेर होइन विभिन्न कला, सीप र क्षमता प्रदर्शन गर्ने ज्ञान बोकेर विद्यालय आउने गरेको र यो कार्यलाई निरन्तर रुपमा अगाडि बढाइ विद्यार्थीको शारीरिक, संवेगात्मक, मानसिक क्षमता वृद्धिका साथै नेपाली मौलिक संस्कृति, रीति रिवाज, परम्परा, सिप र कला, नयाँ प्रविधिसँग पोख्त बनाइने प्रधानाध्यापक हरि लम्सालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस