धादिङ २३ फागुन
यही फागुन २१गते आरुघाट गाउँ पालिका वडा नं. १ मान्वु, धोर्चेतमा भएको सवारी दुर्घटनाप्रति आरुघाट गाउँ पालिकाले शोक वक्तव्य जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालद्धारा जारी विज्ञप्तीमा “धार्चे गाउँ पालिका वडा नं. ६ मा अपाङ्गता परिचय पत्र वितरणका लागि गाउँ पालिकाबाट गएका सदस्यहरु चढेको बा १ च ५५०५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सोही गाउँ पालिका वडा नं. ६ का सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएकोप्रति शोक प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।” भनिएको छ ।
यस्तै दुर्घटनामा परी गाउँ पालिका उपाध्यक्ष फूलमाया गुरुङ, पशु सेवा कार्यालयकी निशा गुरुङ, लाप्राक स्वास्थ्य चौकीका अहेब धनबहादुर गुरुङ, घटना दर्ता सहायक शर्मिला गुरुङ, फोटो ग्राफर केशर सिंह गुरुङ, फेज नेपालका कर्मचारी सुरज नेपाल र सवारी चालक बालचन्द्र गुरुङ लगायत घाइते हुनुभएकाले उहाँहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।
फागुन २१ ग्ते अपाङ्गता परिचयपत्र वितरणका लागि धार्चे गाउँ पालिका वडा नं. ६ मा गएको टोली फर्कने क्रममा राती ९ः३० बजेतिर मान्बु धोर्चेत भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
प्रतिक्रिया दिनुहोस