धादिङ २२ फागुन
बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बिहिबार जिल्ला प्रशासन कार्यालय धादिङमा ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापानपत्र बुझाउँदै समितिले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणका क्रममा अपनाइएको दोहोरो मापदण्ड र हेलचेक्याईका कारण आयोजनाका लागि जग्गा उपलब्ध गराउने सरोकारवालाहरु समस्यामा परेका कारण बुढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुर्नवास तथा पुनस्र्थापना इकाइमा पटक–पटक जानकारी गराएता पनि सम्बन्धित निकायले कुनै चासो नदिएको उल्लेख गरेको छ । ज्ञापन पत्रमा जिल्लाको मुआब्जा निर्धारण समितिको निर्णय नम्बर ३ अनुसार घरबस्ती भएको जग्गा, सहायक मोटरबाटोले छोएको जग्गा र घर बस्ती तथा सहायक मोटरबाटोले छोएको जग्गा गरी तीनै किसिमका जग्गालाई प्रतिरोपनी ७ लाख ७६ हजार रुपैंया मुआब्जा दिनुपर्ने, घर, गोठ र बोटविरुवाको संकलित लगत सार्वजनिक गर्नु पर्ने, घर, गोठ अन्य संरचना र बोटविरुवाको मुआब्जा वितरण तत्काल गर्नुपर्ने लगायत ८ बुदे मागहरु रहेका छन् । यदि चैत्र ८ गतेसम्म उल्लेखित मागहरुको सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस