धादिङ २२ फागुन
५५ औं राष्ट्रिय जुनियर युवा दिवसको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम बिहिबार धादिङबेसीमा सम्पन्न भएको छ । एड्भान्स एकेडेमी धादिङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग तथा जुनियर युवा रेडक्रस सर्कल एड्भान्स एकेडेमी धादिङको सह–आयोजना र धादिङ सोसियल भोलेन्टियरको सहयोगमा भएको रक्तदान कार्यक्रममा ३१ जना महिला र ४१ जना पुरुष गरी कुल ७२ जनाले रक्तदान गरेका थिए । बृहत खुल्ला रक्तदान कार्यक्रममा विद्यार्थी, स्थानीय रेडक्रसकर्मी, स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेको रक्तदान कार्यक्रमका अभियन्ता नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस