धादिङ २१ फागुन
धादिङ बोर्डिङ स्कूलमा बिहिबार फन फेस्टिभल सम्पन्न भएको छ । पूर्व प्राथमिक तहका विद्यार्थीहरुमा भएको विभिन्न प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यका साथ आयोजना गरिएको फन फेस्टिभलमा पूर्व प्राथमिक तह अन्तरगत कक्षा नर्सरी, एलकेजी, युकेजीका विद्यार्थीहरुले व्यक्तिगत वा समूहमा विभिन्न प्रस्तुतिहरु देखाएका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न फन फेस्टिभलमा न्यू धादिङ बोर्डिङ स्कूलका अध्यक्ष एवं सञ्चालक समिति सदस्य कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यत, गणेश हिमाल क्याम्पस धादिङका डाइरेक्टर एवं सञ्चालक समिति सदस्य भुपेन्द्र कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । यस्तै गणेश हिमाल क्याम्पसका क्याम्पस प्रमुख एवं सञ्चालक समिति सदस्य ईश्वरी पाण्डे, विद्यालयका प्रधानाध्यापक हरि लम्साल, एजुकेटिभ डाइरेक्टर शुरेन्द्र शाह लगायतको आतिथ्यता रहेको थियो ।
फन फेस्टिभलमा साना साना विद्यार्थीहरुले विभिन्न संस्कृति, भेषभुषा झल्किने नृत्य, रमाइला खेलहरु, विभिन्न विषयमा भाषणका साथै आफ्ना कलाहरु प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए । यस्तै कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुले विद्यालयमै आफ्नो पेशा व्यवसाय तथा प्रविधि शिक्षा अन्तरगतको प्रयोगात्मक कक्षा स्वरुप विभिन्न खाजाका परिकारहरु बनाएर अभिभावक, विद्यार्थीहरु तथा अतिथिहरुलाई खुवाएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक डोल्मा लामाले गर्नुभएको थियो भने स्वागत मन्तव्य पूर्व प्राथमिक लेभल हेड सर्मिला दाहालले राख्नुभएको थियो । कार्यक्रममा पूर्व प्राथमिक तहका विद्यार्थीहरुका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका झलकहरु
प्रतिक्रिया दिनुहोस