धादिङ २१ फागुन
उद्धव चेपाङ
बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ५ विशालटारमा गाउँपालिका स्तरीय खोप समितिका पदाधिकारीहरुका लागि दादुरा रुबेला खोप अभियान सम्बन्धी समन्वय बैठक तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेनिघाट रोराङ गाउपालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष पित्त डल्लाकोटीको अध्यक्षतामा अभिमुखी करण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवि प्रसाद सिलवाल, बेनिघाट रोराङ गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, विभिन्न सघं सँस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
बेनिघाट रोराङ गाउपालिकाको आयोजनामा भएको कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका सर्भिलेन्स मेडिकल अफिसर डाक्टर रुपेश तिमिल्सिनाले खोपको महत्त्व, खोपको अवस्था, खोपसँग सम्बन्धित जोखिम, समस्या तथा चुनौतीहरु, खोप सम्बन्धी सूक्ष्म योजना तयार गरी प्रभाबकारी कार्यान्वयनका विषयमा सहजीकरण गर्नुभएको थियो । बेनिघाट रोराङ गाउँपालिकाले वडा नम्बर १ देखि १० सम्मका सबै वस्तीका बालबालिकालाई चैत्र १ देखि ९ गतेसम्म दादुरा रुबेला खोप लगाउने कार्ययोजना तयार गरेको छ । बेनिघाट रोराङ गाउँपालिकामा ५५ वटा खोप केन्द्रहरुमा ९ महिना उमेर पूरा भइ ५९ महिना ननाघेका सबै बालबालिकालाई दादुराको खोप लगाउने बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य संयोजक शङ्कर बाबु दुवाडीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस