२० फाल्गुन २०७६, मङ्गलबार
जिल्ला अस्पताल धादिङमा कोरोना भाइरस रोकथामको लागि कुनै पनि आवश्यक पूर्व तयारी नगरेको भन्दै नेपाल तरुण दल धादिङले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । अस्पतालले नागरिकलाई राहत दिनु पर्ने ठाउँमा उल्टै गैरजिम्मेवार भएर मानिसको स्वास्थ्यमा खेलबाँड गरेको भन्दै विभिन्न माग सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय धादिङमा ज्ञापन पत्र बुझाएको हो । मङ्गलबार ध्यानाकर्षण पत्र बुझाउँदै तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले जिल्लाको एकमात्र सरकारी अस्पतालमा डाक्टरहरु नभएको, दरबन्दी अनुरसाको कर्मचारीहरुको उपस्थित हुने नगरेको, आवश्यक औषधी नभएको, भिडियो एक्सरे, एक्सरे र अन्य आवश्यक उपकरण नभएको, नेपाल सरकारबाट निशुल्क उपलव्ध हुने ७० प्रकारको औषधीहरु सिटामोल बाहेक अस्पताल बाहिर किन्न बाध्य भएको, भ्याक्सिनहरु नभएको भन्दै ध्यानाकर्षण भएको तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले बताउनुभयो । अध्यक्ष विश्वकर्माले सामान्य बिरामीलाई काठमाडौँ रेफर गर्ने रेफरल सेन्टरको रुपमा विकास भएकाले तत्काल ध्यानाकर्षण गरी हाल फैलदै गएको कोरोना भाइरसलाई रोकथाम गर्नका लागि २४ घण्टा स्वास्थ्यकर्मीलाई सर्तक राख्न र आवश्यक पूर्व तयारी गर्न समेत आग्रह गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले तत्कालै सबै सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक तयारी अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस