धादिङ २० फागुन
रेडक्रसकर्मी, स्वयंमसेवी एवं धादिङ सोसियल भोििन्टयर नेपालका अध्यक्ष नारायण कुमार श्रेष्ठ पुरस्कृत हुनुभएको छ । नेपाल रेडक्रस सोसाईटी बागमती प्रदेश समितिले प्रदेश भित्रका १३ जिल्लामध्ये धादिङ जिल्लालाई छनौट गरी उत्कृष्ठ स्वयंसेवा पुरस्कारबाट पुरस्कृत गरेको हो । मङ्गलबार काठमाडौँमा सम्पन्न नेपाल रेडक्रस सोसाइटी वागमती प्रदेशको प्रथम वार्षिक साधारण सभाका अवसरमा श्रेष्ठ सम्मानित हुनुभएको हो । बागमती प्रदेशका अध्यक्ष भोलानाथ रुपाखेतीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जिव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस