धादिङ १७ फागुन
माध्यमिक तहका विद्यार्थीहरुका लागि आयोजना गरिएको जिल्ला स्तरीय गणित हाजिरी जवाफ प्रतियोगितामा धादिङ बोर्डिङ प्रथम भएको छ । गणित शिक्षा परिषद धादिङले शनिबार आयोजना गरेको जिल्ला स्तरीय गणित हाजिरी प्रतियोगितामा धादिङ बोर्डिङ स्कूलका दिनेश श्रेष्ठ, आभाष दुवाडी र अमृत तामाङको समूह प्रथम भएको हो । यस्तै प्रतियोगितामा नीलकण्ठ माध्यमिक विद्यालय द्धितीय, एडभान्स एकेडेमी तृतीय तथा बागेश्वरी माध्यमिक विद्यालय मलेखु र द राइजिङ भिलेज स्कूल गल्छी सान्त्वना भएका छन् । जम्मा २२ वटा विद्यालयको सहभागिता रहको प्रतियोगितामा १० वटा समूह फाइनल राउन्डमा प्रवेश गरेका थिए । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने विजयी समूहहरुलाई क्रमश : नगद रु. ६ हजार, ४ हजार ५ सय, ३ हजार, १ हजारका साथै मेडल सिल्ड र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।
गणित शिक्ष परिषद धादिङका अध्यक्ष वद्रि प्रसाद कोइरालाको अध्यक्षता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका शिक्षा युवा तथा खेलकुद विकास शाखाका उपसचिव लक्ष्मण प्रसाद बस्यालको विशेष आतिथ्यता रहेको थियो । यस्तै गणित शिक्षा परिषदका केन्द्रीय सदस्य ध्रुव अधिकारी, वागमती प्रदेशका सचिव रामहरि श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका स्रोत शिक्षक मेघनाथ कोइराला लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमकै अवसर पारी ४८ वर्षसम्म गणित शिक्षामा योगदान पु¥याउनुभएका कृष्ण प्रसाद दाहाललाई सम्मान गरिएको थियो । यस्तै गणित शिक्षा परिषद केन्द्रीय सदस्य ध्रुव अधिकारी प्रदेश सचिव रामहरि श्रेष्ठ र प्रदेश सदस्य हरि बहादुर सिलवाललाई सफल कार्यकालको शुभकामना सहित बधाई तथा सम्मान समेत गरिएको हो । कार्यक्रमको सञ्चालन गणित शिक्षा परिषद धादिङका सचिव उत्तम भट्टले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस